Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंकको मुनाफा ३ अर्ब , ईपिएस ३४.८७ रुपैयाँ, अन्य अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, ०८ : ०८ मा प्रकाशित

एनआइसी एसिया बैंकको मुनाफा ३ अर्ब , ईपिएस ३४.८७ रुपैयाँ, अन्य अवस्था कस्तो ?

एनआइसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज बुधबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको खुद मुनाफामा २०.०७ प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफामा पनि १९९.५४ प्रतिशतले बृद्धि भएर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा बृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ५ अर्ब ५२ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो समिक्षा अवधिमा यस्तो आम्दानी १९.२३ प्रतिशतले बढेर ६ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै सञ्चालन मुनाफामा पनि बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ अर्ब ६० करोड रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१.९७ प्रतिशतले बृद्धि भएर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानीमा पनि झिनो अंकले बृद्धि भएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैया ६८ पैसा रहेकोमा अहिले त्यो १९ पैसाले बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) २७.८२ गुणा रहको छ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३ पैसा रहेको छ । 

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष १५.२० प्रतिशतले बढेर ८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको