Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको ब्याज र सञ्चालन मुनाफासंगै खुद आम्दानी पनि गिरावट !

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, ०८ : ४५ मा प्रकाशित

एनसीसी बैंकको ब्याज र सञ्चालन मुनाफासंगै खुद आम्दानी पनि गिरावट !

एनसीसी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज बुधबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको खुद मुनाफामा ५.५५ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  

बैंकको खुद मुनाफामा गिरावट आएपनि वितरणयोग्य मुनाफामा भने बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफा १८८.२ प्रतिशतले बृद्धि भएर ८७ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले २ अर्ब ५० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो समिक्षा अवधिमा यस्तो आम्दानी १३.८६ प्रतिशतले घटेर २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै सञ्चालन मुनाफामा गिरावट आएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा १ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५.६२ प्रतिशतले घटेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । 

बैंकको खुद मुनाफा गिरावट आएसंगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैया ६२ पैसा रहेकोमा अहिले त्यो २ रुपैयाँ ३९ पैसाले घटेर १४ रुपैयाँ २३ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) २२.६९ गुणा रहको छ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ २७ पैसा रहेको छ । 

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष ३.६९ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको