Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्तको खुद मुनाफा २०८.८३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि उछाल !

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, ०७ : २२ मा प्रकाशित

नेरुडे लघुवित्तको खुद मुनाफा २०८.८३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि उछाल !

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

 चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २०८.८३ प्रतिशतले बढेर १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाको यस्तो नाफा ४ करोड ९६ लाख ५२ हजार रुपैयाँमा सिमित थियो । 

समिक्षा अवधिसम्म संस्थाको सञ्चालन नाफा २४ करोड ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस्तो नाफा अघिल्लो बर्षको तुलनामा २०८.८३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिसम्म संस्थाले ७ करोड ८८ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 

समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ४० करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको  छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा संस्थाले २५ करोड ६२ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । 

चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको  छ  । संस्थाको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६४ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको