कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा १.३९ प्रतिशतले बढेर २ अर्ब ७ करोड ३० लाख रुपैयाँ पुगेको  छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकको नाफा २ अर्ब ४ करोड ४६ लाख रुपैयाँ रहेको थियो। 
बैंकको वितरण योग्य नाफा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ छ । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशतले बढेर ४ अर्ब ४२ करोड २८ लाख पुगेको छ ।  अघिल्लो वर्षको यसै अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब ३६ करोड १९ लाख रुपैयाँमा सिमित थियो । बैंकको संचालन मुनाफा पनि २.२९ प्रतिशतले बढेर २ अर्ब ९३ करोड ४२ लाख पुगेको छ ।  अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ८६ लाख ८६ हजार थियो । 
 
हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा १० अर्ब ११ करोड ९ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा  र प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ४७ पैसा रहेको छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस