Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रो र महिला लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, ११ : ३४ मा प्रकाशित

सिंगटी हाइड्रो र महिला लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बजार खुलेकाे आधा घण्टामा २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेकाे हाे ।

सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ६३ पुगेकाे छ । त्यस्तै, महिला लघुवित्तकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार १ सय २५ पुगेकाे छ ।

त्यसैगरी, विशाल बजारकाे सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ ।

आज सेयर बजारले उकालो यात्रा तय गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १८.०२ अंकले बढेको छ । 

608a4ac8baada.jpg 608a4ad007e69.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको