Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर बजार : ३६.८८ अंकले घट्यो नेप्से परिसूचक, कुन कम्पनीका लगानीकर्ता मालामाल ?

अर्थ संसार

शनिबार, १८ बैशाख २०७८, १० : ४५ मा प्रकाशित

साताको सेयर बजार : ३६.८८ अंकले घट्यो नेप्से परिसूचक, कुन कम्पनीका लगानीकर्ता मालामाल ?

समग्रमा यस साता पनि नेपाली सेयर बजार उकालो लाग्न सकेन ।  यस साता ५ दिनको बजारमा ३ दिन बजार घटेको थियो भने बाँकी २ दिन नेप्सेले उकालो यात्रा तय गरेको थियो ।

यस साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ८७ दशमलव ३९ अंकले घटेर २६ सय ४८ विन्दुमा रोकिएको थियो । यस साता सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ५८ अंकले घटेर ४ सय ६९ दशमलव ०२ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक १५ दशमलव ८५ अंकले घटेर ४७६ दशमलव ६ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि घटेको छ । गत साता औसतमा दैनिक ६ अर्ब ४६ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ५ अर्ब ४६ करोडको मात्र कारोबार भएको छ । 

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३६ खर्ब ६६ अर्ब रहेको बजार पुँजीकरण यस साता ४६ अर्बले घटेर ३६ खर्ब २० अर्बमा झरेको छ ।

यस साता सबैभन्दा धेरै नामा कमाउनेको सूचीमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता अग्र स्थानमा छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश अरण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश चन्द्रागिरी हिल्स र सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साताको सेयर बजारलाई समग्रमा नियाल्दा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २५ सय ७२ दशमलव २२ विन्दुमा पुगेको थियो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ५८ अंकले घटेर २५ सय ६ दशमलव ६१ विन्दुमा पुगेको थियो । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २५ सय ९९ दशमलव ०७ विन्दुमा पुगेको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २५ सय ८५ दशमलव २८ विन्दुमा पुगेको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ८२ अंकले बढेर २६ सय ११ दशमलव १० विन्दुमा पुगी यस सातालाई बिदा गरेको छ ।

सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत भएको छ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको एक करोड ४५ लाख कित्ता साधारण सेयर आईपीओ, गुडविल फाइनान्स कम्पनी लिमिटेडको ८ दशमलव ४ प्रतिशत बोनस बापतको ६ लाख ७२ हजार कित्ता सेयर,  समता लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता सेयर र मल्टीपर्पस फाइनान्स लिमिटेडको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर यस साता नेप्सेमा सूचिकृत भएको हो ।

हाल कोरोनाका कारण राजधानीसहित अन्य विभिन्न सहरहरुमा निशेधाज्ञा जारी भएको हुनाले लगानीका अन्य क्षेत्रहरूको बन्द भएका छन् । यस्तो अवस्थामा सेयर बजार लगानी गर्नको लागि राम्रो विकल्प बनेको छ । त्यसैले पनि अब बजारमा रौनकता फर्किन सक्ने विश्वास गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको