Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, ०९ : ४३ मा प्रकाशित

आरएमडीसी लघुवित्तको सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी धमाधम बिक्री भइरहेको छ । 

बैंकको स्वामित्वमा रहेको संस्थाको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक सेयर वैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म लिलामीमा बिक्री खुला भएको हो । 

उक्त सेयरमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु साथै बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरीद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ तोकिएको छ । त्यसैले बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । 

उक्त सेयरको बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

608e241ab74ac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको