Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा लगानीकर्ताको रोजाई सेयर बजार, यी कम्पनीमा आकर्षित

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १५ : १३ मा प्रकाशित

निषेधाज्ञामा लगानीकर्ताको रोजाई सेयर बजार, यी कम्पनीमा आकर्षित

निषेधाज्ञामामा लगानीकर्ता सेयर बजारप्रति आकर्षित भएका छन् । साताको पहिलो  दिन आज ९आइतबार० सेयर बजारमा हरियाली छाएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९आइतबार० सेयर कारोबार मापक नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ मा पुगेको छ । नेप्से २.०७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.७८ अंकले बढेर ४७७।८१ मा पुगेको छ ।

कूल २२६ वटा कम्पनीको एक करोड ५८ लाख ३२ हजार ४ सय ३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । 

बुम भएको बजारमा यी कम्पनीमा लगानीकर्ता आकर्षित 

आइतबार ३ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड र सिंगटी हाइड्रोपावर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।  

त्यसै गरी  सानिमा जनरल इन्स्योरेन्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड,यूनिभर्सल पावर कम्पनी लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड,  आशा लद्युवित्त वित्तीय संस्था लिमिटेड, सिखर इन्स्योरेन्स र छ्याङदी हाइड्रोपावर लिमिटेड रहेको छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको