Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपटेड

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १० : ५४ मा प्रकाशित

सिईडिबी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपटेड

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने लगानीकर्ताहरूको संख्या ह्वात्तै बढेको छ । 

सोमबार विहान १० बजेसम्म१३ लाख ५९ हजार ३० जना आवेदकले दुई करोड १० लाख ३६ हजार ८ सय ३६ कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक  सनराइज क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यो माग भन्दा ७३५ सय प्रतिशतले बढी आवेदन हो । 

कम्पनीले शुक्रबारदेखि १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हाे । 
आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ । 

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। 

लगानीकर्ताहरुले उक्त आईपीओमा निष्काशन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको