Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले पायो हकप्रद ल्याउन बोर्डबाट अनुमति

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, ११ : १९ मा प्रकाशित

अपि पावरले पायो हकप्रद ल्याउन बोर्डबाट अनुमति

अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणको हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । 

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न गत फागुन ९ गते, आइतबार सेबाेनमा निवेदन पेश गरेकाेमा सेबाेनबाट हिजाे (वैशाख १९ गते, आइतबार) अनुमति पाएकाे हाे । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो ।

कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

यसअघि पहिलाे चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति सेयर १ : ०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे ।

608f8c998cf61.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको