Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोपावरको नाफासँगै अधिकांश सूचकमा गिरावट, ईपीएस कति ?

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, ०९ : ३५ मा प्रकाशित

बरुण हाइड्रोपावरको नाफासँगै अधिकांश सूचकमा गिरावट, ईपीएस कति ?

बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

सो अवधिसम्म आइपुग्दा कम्पनीले ५२ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ५४.९४ प्रतिशतले थोरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा १ करोड १७ लाख १ हजार रुपैयाँ थियो । 

कम्पनीको विद्युत विद्युत् बिक्री आम्दानीमा पनि गिरावट आएको छ  । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३०.१३ प्रतिशतले घटेर ४ करोड ५८ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोहि अवधिमा विद्युत् बिक्रीबाट कम्पनीले ६ करोड ५५ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

हाल चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८० लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ०१ पैसा रहेको छ । 

6090c5e5b41ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको