आज मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३२ अंकले बढेर ४७५.४४ मा पुगेको छ ।
आज चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९ रुपैयाँले घटेर १९३० मा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, क्रमशः एनएलजी इन्स्योरेन्स कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स, प्रोडेन्सियल इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, अपि पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, सानिमा जनरल इन्स्योरेन्स रिलायन्स फाइनान्स कम्पनी र प्राइम कमर्सियल बैंकका लगानीकर्ताहरुले पनि मंगबार सबैभन्दा बढी घाटा व्यहोरेका छन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस