Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको आईपीओ अनलाइनबाट भर्दा जान्नैपर्ने कुराहरू

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, ११ : ३१ मा प्रकाशित

मध्य भोटेकोशीको आईपीओ अनलाइनबाट भर्दा जान्नैपर्ने कुराहरू

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले हिजाे (वैशाख २१ गते, मंगलबार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा ईसेवा र ग्लोबल आईएमई क्यापिटलकाे आफ्नो वेबसाइटबाट नै आवेदन दिन सकिने भएको छ ।

ग्लोबल आईएमई क्यापिटलकाे वेबसाइटबाट आवेदन दिनका लागि यसाे गर्नुहाेस् :

दरखास्त फारमका साथ संलग्न गर्नुपर्ने कागजातहरु:

- आवेदकको हालसालै खिचिएको फोटो

- आवेदन गर्ने शेयर संख्या अनुसार रु १०० प्रति कित्ता शेयरले गुणन गर्दा हुन आउने रकम जम्मा भौचर
(एक आवेदकले न्युनतम ५० कित्ता देखी अधिकतम ४०० कित्ता आवेदन गर्न सकिने )

- आवेदकको दस्तखत

- आवेदकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (नाबालक आवेदक बाहेकका सबै आवेदकले अनिवार्य रुपमा संलग्न गर्नुपर्ने )

यस अतिरिक्त आवेदकले तल उल्लेख भए अनुरुपका थप कागजातहरु पनि संलग्न गर्नुपर्नेछ

नाबालकको हकमा

- सम्बन्धित स्थानिय निकायबाट जारी भएको जन्म दर्ता वा नाबालक परिचयपत्रको प्रमाणित प्रतिलिपि र

- संरक्षकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र दस्तखत

अन्य जिल्ला बाट नागरिकता प्रमाणपत्र जारी भई सन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दा सँग वैवाहिक सम्बन्ध कायम भएका महिलाहरुको हकमा

- विवाह दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

अन्य जिल्ला बाट नागरिकता प्रमाणपत्र जारी भई सिन्धुपाल्चोक जिल्लामा मिति २०७८/०१/१३ वा सो भन्दा अगाडि बसाई सराई गरिआएका व्यक्तिहरुको हकमा

- बसाइ सराइ को प्रमाणपत्रको प्रमाणित प्रतिलिपि 


सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि निष्कासन गरिएको शेयर आवेदन दिन योग्य आवेदकहरु :

- सिन्धुपाल्चोक जिल्लाबाट जारी नागरिकता प्रमाणपत्र वा तहाँको सम्बन्धित स्थानिय निकायबाट जारी भएको जन्म दर्ता वा नाबालक परिचयपत्र भएका व्यक्तिहरु ।

- सिन्धुपाल्चोक जिल्लाका पुरुषसँग वैवाहिक सम्बन्ध कायम भएका महिलाहरु । (सम्बन्धित स्थानिय निकायबाट जारी भएको विवाह दर्ता प्रमाणपत्र संलग्न हुनुपर्ने)

- सिन्धुपाल्चोक जिल्लामा मिति २०७८/०१/१३ वा सो भन्दा अगाडि बसाई सराई गरिआएका व्यक्तिहरु (सम्बन्धित स्थानिय निकायबाट जारी भएको बसाई सराई प्रमाणपत्र संलग्न हुनुपर्ने )

माथि उल्लेख भएका सिन्धुपाल्चोक जिल्लाका बासिन्दा भएपनि निम्न लिखित बासिन्दा यस निष्कासनमा आवेदन दिन अयोग्य रहनेछन्ः

- यस अघि निष्कासन गरिएको शेयरमा आवेदन दिई बाडँफाडँमा पर्न सफल भएका कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक शेयरधनी संस्था (चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राघिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा. लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रा. लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि.)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरु

दरखास्त फारमसाथ संलग्न गर्नुपर्ने कागजातहरु

सिन्धुपाल्चोक जिल्लाबाट जारी नागरिकता प्रमाणपत्रको हकमा :

- आवेदक स्वयमले प्रमाणित गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा स्वयमले दस्तखत गरेको हुनुपर्ने

- नाबालकको हकमा संरक्षकले प्रमाणित जन्मदर्ता वा नाबालक परिचयपत्र तथा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

सिन्धुपाल्चोक जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी नभएको तर स्थानिय बासिन्दाको रुपमा आवेदन दिन पाउनेको हकमा :

- विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि

- बसाई सराई गरी आएकाहरुको हकमा मिति २०७८/०१/१३ वा सो भन्दा अगाडि बसाई सराई गरी आएको बसाई सराई प्रमाणपत्रको प्रतिलिपि

ईसेवाबाट आवेदन दिनका लागि यसाे गर्नुहाेस् :

१. ईसेवा खाेलेर MBJCL - IPO (Local People) मा थिच्नुहाेस् ।

२. सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहाेस् ।

३. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ ।  बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ । 

४. प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

उक्त आईपीओमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्। 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको