Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको आईपीओ : एक दिनमा एक लाखले दिए आवेदन

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १३ : ४८ मा प्रकाशित

मध्य भोटेकोशीको आईपीओ : एक दिनमा एक लाखले दिए आवेदन

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले हिजाे (वैशाख २१ गते, मंगलबार) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा एक लाख भन्दा धेरै आवेदकले आवेदन दिएका छन् ।

मंगलबार साँझसम्ममा १ लाख ३० हजार २ सय ८० जना आवेदकबाट १ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेकाे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । जसमध्ये अति प्रभावितको तर्फबाट ६४ जना आवेदकले २० हजार ३ सय कित्ता र सिन्धुपाल्चोकका अन्य स्थानहरुबाट ५ सय ३७ जनाले १ लाख ९ हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

उक्त आईपीओमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको