Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, ०७ : ३३ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु इन्स्योरेन्स लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (वैशाख २३ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख २३ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको २५ औँ वार्षिक साधारण सभा जेठ ६ गते बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा हुनेछ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको