साताको अन्तिम कारोबार दिन आज (बिहिबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ मा पुगेकाे छ । नेप्से ०.४७प्रतिशतले घटेकाे हो । 
बुधबार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेर बजार बन्द भएको थियो । यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अंकले घटेर ४७३.०४ मा पुगेको छ । 
कूल २१६ वटा कम्पनीकाे एक कराेड ५९ लाख ८० हजार ८ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८१ करोड ९२ हजार ४ सय ५३  ।रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । बुधबार ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँको कारोबार भएकाे थियो 
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । लगानीकर्ताहरु हाइड्रोपावरतिर आकर्षित भएका छन् ।
त्यसैगरी, आज ८ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये २ वटा कम्पनीकाे सेयर सर्किट लागेकाे छ ।
आज जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सर्किट लागेको हो । दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
अन्य कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ९ प्रतिशत भन्दा बढी सेयरमूल्य बढ्ने कम्पनीहरुमा क्रमशः  महिला लघुवित्त, समता लघुवित्त, रुरु जलविद्युत परियोजना, लक्ष्मी बैंक, यूनियन हाइड्रोपावर र जोशी हाइड्रोपावर रहेका छन् ।
त्यस्तै, आज कारोबार रकमको आधारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले अग्रता कायम गरेको छ कम्पनीले ४३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।
आज विशालबजार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
आज नेप्सेमा वाणिज्य बैंक उपसमूहको सर्वाधिक कारोबार भएको छ । आज यो उपसमूहको १ अर्ब ६२ करोड रुपैयाँ बढिको सेयर कारोबार भएको हो भने । आज हाईड्रापावर उपसमूहका कम्पनीहरुको पनि उच्च रकमको कारोबार भएको हो । १ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढि मूल्यको सेयर कारोबार भएको हो । केहि दिनयता नेप्सेमा हाईड्रापावर उपसमूहको सेयरको कारोबार बढ्दै गईरहेको देखिन्छ । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस