Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, १५ : ३० मा प्रकाशित

यी हुन् बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

आज (बिहिबार) पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ मा पुगेकाे छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अंकले घटेर ४७३.०४ मा पुगेको छ । 

आज कूल २१६ वटा कम्पनीकाे एक कराेड ५९ लाख ८० हजार ८ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८१ करोड ९२ हजार ४ सय ५३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बजार दोहोरो अंकले घट्दा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सर्वाधिक रकमको कारोबार गरेको छ । कम्पनीले ४३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।

त्यसैगरी, क्रमशः एनसीसी बैंक, लक्ष्मी बैंक, अपि पावर कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, प्रभु इन्स्योरेन्स, ग्रामिण विकास लघुवित्त, अरुण कावेली पावर र नेपाल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

6093bb613ec6a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको