Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाईड्रोको उकालो यात्रामा ब्रेक, ९ प्रतिशत भन्दा बढिले घट्यो सेयर मूल्य

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, १५ : ४९ मा प्रकाशित

सिंगटी हाईड्रोको उकालो यात्रामा ब्रेक, ९ प्रतिशत भन्दा बढिले घट्यो सेयर मूल्य

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएर कारोबार प्रारम्भको दिनदेखि निरन्तर उकालो लागेको सिंगटी हाईड्रोपावरको सेयर मूल्यले आज विहिबार भने ओरालो यात्रा तय गरेको छ ।  

आज कम्पनीको सेयर मूल्य ९.०७ प्रतिशतले घटेर ४८१ रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । प्रिसेसन कारोबारमा कम्पनीको सेयर मूल्य ३.९६ प्रतिशतले बृद्धि भएर ५ सय ५० रुपैयाँ पुगेको भएतापनि नियमित कारोबार प्रारम्भ भएसंगै कम्पनीको सेयर मूल्यले ओरालो यात्रा तय गरेको हो ।

अघिल्लो साताको बुधबार (वैशाख १५ गते) गतेबाट कम्पनीको सेयरको दोस्रोबजार कारोबार प्रारम्भ भएको हो । पहिलो कारोबार ३ सय ६ रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य उक्त दिन ७.८४ प्रतिशतले बृद्धि भएर ३ सय ३० रुपैयाँ पुगेको थियो । 

कारोबार को पहिलो दिन ७.८४ प्रशितले बृद्धि भएको कम्पनीको सेयर मूल्य दोस्रो दिन १० प्रतिशतले, तेस्रो दिन ९.९२ प्रतिशतले,चौथो दिन ९.७७ प्रतिशतले,पाँचौ दिन ९.८२ प्रतिशतले, छैठौ दिन ९.९८ प्रतिशतले बृद्धि भएर ५ सय २९ रुपैयाँ पुगेको थियो । 

कारोबार को ६ दिनसम्म निरन्तर उकालो लागेको कम्पनीको सेयरमूल्य ७ औँ दिनमा आएर ओरालो लागेको हो । आज कम्पनीको ४ लाख ६३ हजार ३४ हजार ९२३ रुपैयाँ मूल्य बराबारको ९३ हजार १८४ कित्ता सेयरको कारोबार भएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको