आज (बिहिबार) पनि सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ मा पुगेकाे छ । यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अंकले घटेर ४७३.०४ मा पुगेको छ । 
बजार घट्दा आज विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । कम्पनीको सेयर मूल्यमा ७ सय ४६ रुपैयाँले गिरावट आएको हो । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ । 
यस्तै क्रमशः  सिंगटी हाइड्रो इनर्जी,  ङादी ग्रुप पावर, सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, शिव श्री हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त, युनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस