Like us!
Follow us!
Connect us!
Watch us!

हौसियर लगानी गर्दा लगानीकर्तालाई झड्काः एकै दिन लगानीमा २० प्रतिशत घाटा

अर्थ संसार

शुक्रबार, २४ बैशाख २०७८, ११ : २५ मा प्रकाशित

हौसियर लगानी गर्दा लगानीकर्तालाई झड्काः एकै दिन लगानीमा २० प्रतिशत घाटा

सामान्यतः कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १० प्रतिशतभन्दा बढिले घट्न वा बढ्न सक्दैन । बिहिबारको कारोबारमा भने यस्तै अनौठो दृष्य देखियो । कतिपय लगानीकर्ताहरुले बिशाल बजार कम्पनीको सेयरमा २० प्रतिशतसम्म नोक्सानी ब्यहोर्नु परेको छ ।  

कारोबारको प्रारम्भमा १० प्रतिशतले बढेर सेयर किनेका लगानीकर्ताहरुले साँझसम्म आइपुग्दा २० प्रतिशतले घाटा ब्यहोर्नु परेको हो । बजार साँझ १० प्रतिशतले गिरावट आउँदा बढेको मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ताहरुले एकै दिनमा २० प्रतिशत नोक्सानी खेप्नुपरेको हो ।   

करिब ३ महिनादेखि धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का रहेको कम्पनी बिशाल बजार कम्पनीको सेयरमा उचालियर लगानी गर्ने लगानीकर्ताहरुले एकै दिनमा प्रतिकित्ता करिब १ हजार ५०० रुपैयाँसम्म नोक्सानी व्यहोर्नु परेको छ । 

बिहिबार कारोबारको २० मिनेट नपुग्दै कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट ब्रेक लागेर ८ हजार २ सय ८ रुपैयाँ पुगेको थियो । कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको ५ मिनेट बित्न नपाउँदै पुनः कम्पनीको सेयर मूल्य ओरालो लाग्न थालेको थियो ।  

सकारात्मक सर्किट ब्रेक लागेको ५ मिनेट नपुग्दै ओरालो लागेको कम्पनीको सेयर मूल्यमा त्यसको १० मिनेटभित्रै पुनः नकारात्मक सर्किट ब्रेक लागेको थियो । 

प्रिसेसन कारोबारदेखि कम्पनीको सेयर मूल्य बृद्धि भएको भएता पनि नियमित कारोबार प्रारम्भ भएको २० मिनेटपछि भने कम्पनीको सेयर मूल्य घट्न थालेको थियो । विहिबारको कारोबारमा ८ हजार २ सय ८ रुपैयाँ प्रतिकित्ताको दरमा जम्मा ४ हजार ३२ कित्ता सेयरको कारोबार भएको हो । 

यसरी हेर्दा बिहिबारको कारोबारमा कम्पनीको सेयरमा उच्चतम रकम हाल्ने लगानीकर्ताहरुको पुँजीमा एकै दिनमा ६० लाख रुपैयाँभन्दा बढिले गिरावट आएको छ ।  एकै दिनमा कुनै पनि कम्पनीको सेयरमा २० प्रतिशत नोक्सानी व्यहार्नु पर्ने घटना बिरलै हुने गर्छ ।

6094d3fd1bc54.PNG 6094d3fd1e399.PNG 6094d3fd7d134.PNG 6094d3fd7f85a.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको