Like us!
Follow us!
Connect us!
Watch us!

महिला लघुबित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो, बेच्नेको लर्काे

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १४ : ३६ मा प्रकाशित

महिला लघुबित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो, बेच्नेको लर्काे

निरन्तर उकालो आगेको महिला लघुबित्त कम्पनीको सेयर मूल्यमा आज आइतबार नकारात्मक सर्किट लागेको छ । 

प्रिसेसन कारोबारमा उकालो लागेको कम्पनीको सेयर मूल्य नियमित कारोबारको सुरुवात देखिनै ओरालो लागीरहेको थियो । कारोबार कै क्रममा आज कम्पनीको मूल्य १० प्रतिशतले घटेर ४ हजार ५ सय २७ रुपैयाँ पुगेको छ । 

कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेसंगै दोसोबजारमा कम्पनीको सेयरको माग पनि न्यून देखिएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर को खरिद आदेश २७० कित्ताको छ भने बिक्रि आदेश १० हजार १८३ कित्ता रहेको छ ।

6097a40ae88a1.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको