Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा फर्कियो चमक

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १५ : १० मा प्रकाशित

बजारमा फर्कियो चमक

आज (साेमबार) सेयर बजार उकालो लागेको छ । आज नेप्से दाेहाेराे अंकले बढेकाे हो  ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ मा पुगेकाे छ । नेप्से १.०५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.३५ अंकले बढेर ४७५.१२ मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे ७५ लाख ७९ हजार ३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७ सय ८९ रूपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

आज कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनीले अग्रता कायम गरेको छ । कम्पनीले २१ करोड २३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । 

त्यसैगरी, साेमबार ४ वटा कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । जसमध्ये, राष्ट्रिय बीमा कम्पनी र  राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयरमा सकारात्मक सर्किट लागेकाे छ र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा रूरू जलविद्युत परियाेजना लिमिटेडकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको