Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १० : १२ मा प्रकाशित

आरएमडीसी लघुवित्तको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने अन्तिम मौका आज (वैशाख २८ गते) रहेको छ । 

बैंकले वैशाख २२ गतेबाट कम्पनीकोे ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०८ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको