Like us!
Follow us!
Connect us!
Watch us!

अब अक्सिजन सिलिन्डर आयात गर्न चाहेजति डलर साट्न पाइने

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १७ : २० मा प्रकाशित

अब अक्सिजन सिलिन्डर आयात गर्न चाहेजति डलर साट्न पाइने

नेपाल राष्ट्र बैंकले अक्सिजन सिलिन्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हटाएकाे छ । 

राष्ट्र बैंकले कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामग्री आयात गर्न डलर सटहीमा लाग्ने सीमा हटाएकाे हाे ।

अक्सिजन सिलिन्डर, अक्सिजन कनेक्टर, अक्सिजन ट्याङ्स, अक्सिजन जेनेरेटर्स, अक्सिजन उत्पादन प्लान्ट, डेलिभरी उपकरण, अन्य अक्सिजन सम्बन्धित सामाग्री तथा भेन्टिलेटर उपकरण ल्याउनु परेमा ड्राफ्ट/टीटीको सीमा आउँदो असार मसान्तसम्म अनिवार्य नहुने बैंकले जनाएकाे छ ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य सामाग्रीहरु तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एउटै बिजकबाट १ लाख डलरसम्म रकमको ड्राफ्ट/टीटीको माध्यमबाट भुक्तानी गर्न सकिन्छ । साथै, १ लाख डलरभन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वीकृतिका लागि यस बैंक समक्ष निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

609d11c55c407.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको