नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैठाैँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
यसअघि जेठ ७ गते गर्ने भनिएकाेमा विशेष कारणबस रद्द गरिएकाे थियाे । अब संस्थाकाे साधारण सभा जेठ २३ गते, आइतबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नागार्जुन-१, काठमाडाैँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभामा कम्पनीलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्बन्धमा समझदारी भइसकेकाले उक्त कार्यको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहित नाफा-नोसान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस