Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनले एचपीपीएलको ३८ लाख कित्ता सेयर बेच्दै, अर्ब बढी मुनाफा,बेच्न पाउने नपाउनेमा विवाद

अर्थ संसार

शनिबार, ०१ जेठ २०७८, १७ : २५ मा प्रकाशित

एनआरएनले एचपीपीएलको ३८ लाख कित्ता सेयर बेच्दै, अर्ब बढी मुनाफा,बेच्न पाउने नपाउनेमा विवाद

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण गत साताको मंगलबार (वैशाख २७) सार्वजनिक गर्यो।

विवरणअनुसार चैत मसान्तसम्म कूम्पनीको सञ्चालन मुनाफा २ करोड ६२ लाख ५२ हजार रहेको, प्रतिसेयर आम्दानी १ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ १६ पैसा रहेको देखिन्छ । विवरणअनुसार कम्पनीले खासै राम्रो प्रदर्शन गरेको देखिदैन । यस कम्पनीमा लगानी गर्ने सेयरधनीले कम्पनीबाट ठूलो लाभांश पाउने देखिदैंन पनि। 

आईपीओ जारीको गरेको एनआरएन इन्फ्रास्टक्चरको वित्तीय अवस्था कस्तो छ ?
 

रिपोर्ट प्रकाशन भएपछि धेरै लगानीकर्ताले यस कम्पनीको सेयर आफ्नो पोर्टफोलियोबाट हटाउने आकलन गरिएको थियो । तर त्यसविपरित कम्पनीको बजार मूल्य आइतबार एकाएक बढ्न थाल्यो।  

वैशाख २६ गते (सोमबार) यस कम्पनीको मूल्य ६२६ थियो भने शुक्रबारसम्म आइपुग्दा मूल्य बढेर ७९० पुगिसकेको छ। औसत भन्दा खराब विवरण पस्केको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको विवरण सार्वनजिक भएपछि एकाएक बजार बढ्नेपछि लगानीकर्ताहरु अचम्मित भएका छन् । 


स्रोतका अनुसार यस कम्पनीले हिमालयन पावर पार्टनरमा रहेको संस्थापक सेयर सेयर बेच्न लागेको भाउ पाएका लगानीकर्ताहरुले लगानी बढाएका हुन् । हिमालयन पावर पार्टनर कम्पनीमा  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ३८,०३,५३,९०० सस्थापक लगानी छ । उक्त सेयर अहिले साधारण सेयरमा परिणत भएको छ ।  


अहिलेको मूल्यमा कम्पनीले  हिमालयन पावर पार्टनरको सेयर बेचेमा एक अर्बभन्दा माथि मुनाफा सेयर विक्रीबाटै कमाउन सक्ने देखिएकाले लगानीकर्ता यता झुम्मिएको सहजै अनुमान गर्न सकिन्छ । 

हिमालयन पावर पार्टनरको मूल्य पनि बढ्यो

गत सात हिमालयन पावर पाटनरको सेयर भाउ पनि बढेको देखिन्छ। गत साता प्रति कित्ता ४०८ मा किनबेच भइरहेको कम्पनीको सेयर मूल्य बिहिबार ४३३ पुगेको छ।

अहिले मूल्य बढेको बेला सेयर बेच्ने निर्णय कम्पनीका लागि उचित होला ।  तर जानकारहरु भने एनआरएन इन्फ्रास्टक्चरले साना लगानीकर्तालाई फसाउने हिसाबले सेयरको मूल्य बढाएको आरोप लगाउछन् ।   

दुवै संस्थाका अध्यक्ष एकै ब्यक्ति 

नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट लिमिडेट (एनआरएन) र  हिमालयन पावर पार्टनर (एचपीपीएल) दुवै कम्पनीका अध्यक्ष जीवा लामिछाने हुन् । लामिछानेबाहेक अम्बिकाप्रसाद पौड्याल पनि दुबै कम्पनीको संचालक छन्। 

कानुनी कि गैरकानुनी विवाद 

यसरी दुबै कम्पनीको संचालक एकै भएको अबस्थामा एउटा कम्पनीमा गरेको लगानी बेच्नु गैरकानुनी हुने जानकारहरुको दावी छ । सरकारले गरेको लकडाउनको बिचमा नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेको ध्यान अन्यत्रै रहेको मौकामा कम्पनीले फ़ाइदा उठाउन लागेको उनीहरुको दावी छ। 

अर्को थरि लगानीकर्ताहरु भने कम्पनीले आफ्नो लगानी गरेको कम्पनीको सेयर बेच्न पाउने तर्क गर्छन। अरु सेक्टरको सेयर बेच्न बन्देज लगाएता पनि हाइड्रो पावरमा तेस्तो कुनै कानुन नभएको उनीहरुको तर्क छ। 

सेयरको भाउ अझै उचालिने आकलन  

स्रोतका अनुसर एनआरएनले केहि सेयर बेचिसकेको छ।  यस अनुसार यदि हिमालयन पावरको सबै सेयर बेचे १ अर्ब कमाउने हिसाब किताब गरेका लगानीकर्ता भने अब एनआरएन नाफा कमाउने बलियो कम्पनी बनेको दावी गर्छन् । उनीहरु कम्पनीको सेयरको मूल्य अझै उकालो लाग्ने तर्क गर्छन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको