Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्नेले नगद छुट प्राप्त गर्ने

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, १३ : १८ मा प्रकाशित

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्नेले नगद छुट प्राप्त गर्ने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं, MoBank गरौं’ योजना सार्वजनिक गरेको छ । बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । 

यस योजना अनुसार यस बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank)  एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् र यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।

Digital First को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC ASIA MoBank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहकहरूले NIC ASIA MoBank प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि-एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्नेछन् । 

साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ । यस iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन र बचत स्कीम परिवर्तन गर्न), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, नयाँ कार्ड आवेदन र Insta Buy) ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।

बैंकको NIC ASIA MoBank एप प्रयोग नगरेका ग्राहकहरूले प्ले स्टोर वा एव स्टोरबाट सो एप डाउनलोड गरी स्वयं दर्ता समेत गर्न सक्ने सुविधा रहेको छ । बैंकले डिजिटल कारोबारमा बढि भन्दा बढी ग्राहकहरूलाई सहभागी गराउनका लागि प्रवद्र्धन गर्न बैंकको अनलाइन खाता खोली पहिलो पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. ५०० सम्म, पहिलो विद्युतीय महशुल भुक्तानी गर्दा ५ प्रतिशत वा अधिकतम रू. २५० सम्म तथा iServ मार्फत मोबाइल बैंकिङ्ग दर्ता गरी पहिलो कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म नगद फिर्ताको जोजना कार्यान्वयन गरिरहेको छ । साथै, प्रत्येक हप्ता सुपर सिक्स योजना अन्तर्गत ग्राहकहरूले NIC ASIA MoBank एपबाट QR कोड स्क्यान गरी भुक्तानी गरेमा ६ प्रतिशत  वा अधिकतम रू. ५०० सम्म नगद फिर्ताको योजना समेत उपलब्ध रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको