Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार नेपाल पुनर्बीमासहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, १६ : ०८ मा प्रकाशित

सोमबार नेपाल पुनर्बीमासहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

आज (साेमबार) पनि सेयर बजारले नयाँ रेकर्ड राखेको छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुगेकाे छ । यो बिन्दु हालसम्मकै उच्च हो । 

आज कूल २१८ वटा कम्पनीकाे एक कराेड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँको कारोबार भएकाे छ ।

त्यसैगरी, कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ६६ करोड १ लाख ८१ हजार भन्दा धेरै कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ६४३ रुपैयाँ कायम भएको छ । कम्पनी सर्वाधिक कारोबार गर्ने कम्पनीको अग्र स्थानमा रहेको छ । कम्पनीले प्रायजसो सर्वाधिक कारोबार गरिरहेको हुन्छ । हिजो (आइतबार) पनि कम्पनी सर्वाधिक कारोबार गर्ने कम्पनीको अग्र स्थानमा रहेको थियो । आइतबार कम्पनीले ८२ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अर्को कम्पनीमा नेपाल टेलिकम लिमिटेड रहेको छ । कम्पनीले ४२ करोड ६९ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य एक हजार ४०४ रुपैयाँ कायम भएको छ ।

यता शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको अन्तिम कारोबारमूल्य २ हजार २२० रुपैयाँ कायम भएको छ ।

सोमबार अरुण कावेली पावर लिमिटेडले २५ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य ३ सय ७९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अप्पर तामाकोशी हाइड्रोपावरकम्पनी लिमिटेडले २१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको अन्तिम सेयर कारोबार मूल्य ८ सय ४९ कायम भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अन्तिम कारोबार मूल्य २ हजार १४० कायम भएको छ भने कम्पनीले १८ करोड ७७ लाख ६९ रुपैयाँ बराबरको कारोबार गरेको छ । 

त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १८ करोड २३ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।  बैंकको सेयरमूल्य ५ सय ४६ कायम भएको छ ।  सानिमा बैंक लिमिटेड पनि सोमबार सर्वाधिक कारोबार गर्ने कम्पनीहरुको सूचीमा परेको छ । कम्पनीले १८ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । 

यता हाइड्रोइलेक्ट्री इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार गर्दा  र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १३ करोड ७२ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको