Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो २९०० को रेसिस्टेन्स ब्रेक, कारोबार रकममा उछाल !

अर्थ संसार

विहीबार, २० माघ २०७८, १२ : ३९ मा प्रकाशित

नेप्सेले गर्यो २९०० को रेसिस्टेन्स ब्रेक, कारोबार रकममा उछाल !

यसअघि नेप्से २९८३ को बिन्दुबाट खसेर २८८३ को बिन्दुसम्म झर्यो र त्यहाँबाट बढ्ने क्रममा २९५८ को बिन्दुसम्म पुग्यो।  २९५८ को बिन्दुलाई रेसिस्टेन्स बनाएर फेरी नेप्से खस्यो र २७६० को बिन्दुसम्म झर्यो।  २७६० को बिन्दुबाट बढ्दै जाँदा २९०६ को बिन्दुलाई रेसिस्टेन्स बनायो फेरी त्यो बिन्दुबाट बजार तलतिर खस्न थाल्यो।  तर आज त्यसरी २९८३ को बिन्दुबाट बजार खस्दा बनेको ट्रेन्डलाइन ब्रेक भएको छ।  (तल चार्टमा हेर्नुहोस )। 

यो समाचार तयार पार्दासम्म १८.५१ अंकले बढ्दै नेप्से २९०९.४४ को बिन्दुमा पुगेको छ भने २ अर्ब ९० करोड हाराहारीको कारोबार भैसकेको छ।  
राम्रो कारोबार रकम सहित रेसिस्टेन्सको एरिया ब्रेक हुँदै बजार माथि जानुलाई निकै अर्थपूर्ण रुपमा लिइन्छ।  ट्रेन्डलाइन ब्रेक गरेर बजार माथि गएपछि फेरी एकपटक ट्रेन्डलाइन लाइ रिटेस्ट गर्न आउन पनि सक्छ।  यदि २९०० भन्दा माथि माथि नै बजार रहन्छ भने बजारले अझै माथिको यात्रा तय गर्न सक्ने सम्भावना रहन्छ।  

61fb7ca45fbe6.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको