Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बुलिश सेटअप : २८७० को इजी टार्गेट !

बसन्त पाण्डे

बुधबार, ०४ फागुन २०७८, १६ : ०० मा प्रकाशित

नेप्सेमा बुलिश सेटअप : २८७० को इजी टार्गेट !

आज बुधबार नेप्से परिसूचक १९.८४ अङ्कले घट्दै २७३४.४४ को बिन्दुमा क्लोज भएको छ। आज संसदमा MCC टेबुल हुने र MCC पारित हुने सम्भावना रहेको भन्दै हिजोदेखि नै हाइड्रोपावर सेक्टरमा उच्च अंकको वृद्धि हुँदा बढेको बजार MCC संसदमा पेश नहुने समाचार सँगै घट्न थालेको थियो। घट्दै जाँदा आज नेप्से २७२० को बिन्दुसम्म आइपुगेको थियो तर अन्तिम १० मिनेटमा खरिदकर्ताहरु सक्रिय हुँदा बजार २७३४.४४ को बिन्दुमा आएर क्लोज भएको छ।  

प्राविधिक रुपमा कस्तो देखिँदै छ ?

डेली चार्टमा अस्ति सोमबार इन्भर्टेड ह्यामर क्यान्डल बनेको नेप्सेमा हिजो मंगलबार बुलिश मारुबोजु क्यान्डल बनेसँगै नेप्सेले ट्रेन्ड रिभर्सलको संकेत गरेको थियो। हिजोको विश्लेषणमा हामीले नेप्सेले २९८३ बाट घट्दै जाँदा प्यारेलल च्यानलमा सपोर्ट र रेसिस्टेन्स बनाएको र बजार घटेर २६९५ को बिन्दुसम्म आइपुगेर बढ्दै गर्दा ठ्याक्कै त्यहि प्यारेलल च्यानलको लोवर लाइनलाइ सपोर्ट बनाउँदै बढ्न थालेकाले पहिलो रेसिस्टेन्सको एरिया त्यहि प्यारेलल च्यानलको मिडल लाइन हुनसक्ने र त्यो भनेको २७८० को एरिया हुनसक्ने उल्लेख गरेका थियौं।  आज नेप्से बढ्दै जाँदा २७७७ को बिन्दुसम्म पुगेर घटेको देखिन्छ।  अब यदि बजार अझै केहि घट्छ भने पनि २६८५ को बिन्दुसम्म आइपुगेर त्यो बिन्दुलाई सपोर्ट बनाउँदै माथितिर नै जाने सम्भावना बढेर गएको छ।  

बुलिंगर ब्याण्डले के भन्दै छ ?
बजारको भोलाटिलिटि हेर्नको लागि सबैभन्दा उपयोगी इण्डिकेटर हो, बुलिंगर ब्याण्ड।  बुलिंगर ब्यान्डको लोवर ब्याण्डलाई सपोर्ट बनाउँदै बजार बढ्न थालेकाले बजार माथितिर नै जाने सम्भावना बढेर गएको छ।  आज १ घन्टे चार्ट बेसिसमा बुलिंगर ब्याण्डको मिडल ब्याण्डलाई ब्रेक गर्दै माथितिर क्यान्डल बनेको थियो र बजार घट्ने क्रममा पनि मिडल ब्याण्डलाई रेस्पेक्ट गरेको देखिन्छ।  बुलिंगर ब्यान्डको भोलाटिलिटि नाप्ने बुलिंगर ब्याण्डविद्थ  इण्डिकेटरले पनि बजारमा भोलाटिलिटि नरहेको संकेत गरेको छ।  यसले बजार स्टेबल हुँदै गएको संकेत गरेको छ।  

MACD 

MACD ले बजार २८०० बाट तल झर्दै गर्दा नै बियरिस क्रसओभर बनाइसकेको थियो।  अहिले MACD का हिस्टोग्रामहरु छोटा छोटा बन्दै गईरहेका छन, जसले बजारमा सेलिङ्ग प्रेसर कम हुँदै गरेको संकेत गरेको छ।  यदि आगामी दिनमा MACD लाइनले सिग्नल लाइनलाई तलबाट काट्दै माथितिर जान्छ भने बजार बुलिश हुने स्पष्ट संकेत मिल्नेछ ! 

620cd0146a62a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको