Like us!
Follow us!
Connect us!
Watch us!

बिमा दाबी बापतको ७ करोड रुपैयाँ आइसकेपछि कस्तो देखिएला युनाइटेड मोदीको ब्यालेन्स शिट ? (प्राविधिक विश्लेषण सहित)

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १४ : ०० मा प्रकाशित

बिमा दाबी बापतको ७ करोड रुपैयाँ आइसकेपछि कस्तो देखिएला युनाइटेड मोदीको ब्यालेन्स शिट ? (प्राविधिक विश्लेषण सहित)

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको आर्थिक वर्ष २०७८/७९ को पहिलो क्वार्टरको रिपोर्टमा प्रति शेयर आम्दानी (EPS) नकारात्मक आएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा बिधुत बिक्रिमार्फत ८ करोद ८९ लाख २४ हजार रुपैंया कमाएको कम्पनीले यो आर्थिक वर्ष ०७८/७९ को पहिलो त्रैमासमा जम्मा ३ करोड ९७ लाख ४२ हजार मात्र बिधुत बिक्रि आम्दानी गरेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा 
बिद्युत बिक्रि आम्दानीमा ४ करोड ९१ लाख ८२ हजार रुपैंयाँले कमी आउँदा कम्पनीको प्रतिशेयर आम्दानी -१.२६ रुपैंयाँ देखिएको थियो।  

पहिलो त्रैमासमा बिधुत बिक्रि आम्दानीमा करिब ५ करोडले कमी आउनुको खास कारण के थियो ? 

२०७८ भाद्र १७ गते राति अविरल बर्षाका कारण आएको बढीले तल्लो मोदी (१) जलविद्युत आयोजना (१० मेगावाट) को विभिन्न संरचनामा बाढी पसी पहिरोले क्यानल, सेरवाल तथा अन्य संरचनामा क्षति भएको र आयोजनाले निर्माण गरेको टावर नं ४ मा समेत क्षति भई प्रसारण समेत रोकिएको र उत्पादन बन्द भएकाले मिति २०७८/०५/१८ देखि काबु बाहिरको परिस्थिति सिर्जना भएर पूर्णरुपमा मेसिनहरु बन्द भएको थियो।  त्यसरी भाद्र १८ देखि कात्तिक ०८ सम्म करिब १ महिना २० दिन जति बिद्युत उत्पादन बन्द हुँदा कम्पनीले  बिजुली बेच्न नसक्दा बिद्युत बिक्रि आम्दानीमा करिब ५ करोडले कमी आएको देखिन्छ। 

बिमा कम्पनीबाट कति आऊँदै छ ? 

युनाइटेड मोदी हाइड्रोपावरले उक्त बाढी पहिरोबाट भएको सम्पतिको क्षति र बिद्युत बेच्न नपाउँदा भएको क्षति (लस अन प्रफ़िट) अन्तर्गत करिब ७ करोड रुपैयाँ हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीमा दावी गरेकोमा अन्तरिम भुक्तानी बापत करिब ३ करोड पैसा UMHL लाइ भुक्तानी गरिसकेको र बाँकी पैसा केहि समयभित्रै भुक्तानी गरिसक्ने हिमालयन जेनेरल इन्स्योरेन्सका सूचना अधिकृत धुर्ब न्यौपानेले अर्थसंसारलाइ जानकारी दिएका छन।

कात्तिक ८ गतेदेखि नै नियमित विद्युत उत्पादन भैरहेकाले यो त्रैमासमा कम्पनीको रिपोर्टमा आम्दानीमा खासै फरक नपर्ने र बिमा कम्पनी बाट प्राप्त हुने करिब ७ करोड पैसा आउने र सो पैसा पनि दोश्रो त्रैमासको रिपोर्टमा देखिने हुँदा कम्पनीको वित्तिय विवरण आकर्षक आउनेछ र प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गर्न सकिन्छ।  

प्राविधिक रुपमा हेर्दा कस्तो देखिन्छ ? 

केहि महिना अघि ६४८ रुपैंया सम्म पुगेको UMHL को सेयर मूल्य घट्ने क्रममा ३२० रुपैंयासम्म झरेको थियो।  ३२० रुपैंयाको बिन्दुबाट बढ्न थालेको यसको सेयर मूल्य हिजो बिहिबार ३९२ रुपैंयामा क्लोज भएको छ।  ६४८ बाट घट्दै ३२० सम्म आइपुग्दा भएका उतार चढावहरुमा बनेको डाउन ट्रेन्डलाइन ब्रेक हुन खोजिरहेको देखिन्छ।  विहिबार बनेको क्यान्डलले डाउन ट्रेन्डलाइनलाइ ब्रेक गरेर यसको सेयर मूल्य माथि जान खोजेको जस्तो देखिन्छ तर कन्फर्म भैसकेको छैन।  यदि यसको सेयर मूल्य ४०० भन्दा माथि भोलुम सहित जान्छ भने डाउनट्रेन्ड ब्रेक हुनेछ र कम्पनीको सेयर मूल्य बढेर जाने सम्भावना रहन्छ।  

RSI ५२ भन्दा माथि छ।  ५० भन्दा माथि RSI रहनुलाइ सकारात्मक रुपमा लिन सकिन्छ। MACD ले बाइ सिग्नल दिइसकेको छ।  अब लगानीकर्ताले विशेष गरि हेर्नु पर्ने बिन्दु भनेको ४०० हो।  राम्रो भोलुम सहित ४०० को लेभल क्रस गरेको खण्डमा UMHL को पहिलो टार्गेट  ४४६ को हुनेछ भने दोश्रो टार्गेट ५२३ को बिन्दु हुनेछ।  यदि UMHL को सेयर मूल्य ३४४ भन्दा तल भोलुम सहित जान थाल्यो भने स्टप लस गर्न्रु उपयुक्त हुन सक्छ।  

 

61d7ebe2c9de4.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको