Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, १७ : २१ मा प्रकाशित

ग्लोबल आईएमई बैंकको ९ वर्षको लाभांश इतिहास : लगानीकर्ताले कति कमाए ?

ग्लोबल आईएमई बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । याे बैंक लगानीकर्ताहरूले राेज्ने बैंकहरूकाे सूचीमा पर्दछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ४ सय २७ रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ छ । बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । बैंककाे प्रतिसेयर आम्दानी  २२ रुपैयाँ ५ पैसा छ ।

बैंककाे ९ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत लाभांश (१२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा १३ प्रतिशत लाभांश (३ प्रतिशत बाेनस र १० प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा ९ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर एक लाख ४३ हजार रूपैयाँ भन्दा माथी पुगेकाे छ । 

यस्ताे छ ग्लोबल आईएमई बैंक लिमिटेड​को ९ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल १३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ बाेनस सेयर वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र ४ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २३ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष बैंकले नगद दिएकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२.७५ प्रतिशत बाेनस र १२.७५ प्रतिशत नगद गरि कूल २५.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल १६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको