Like us!
Follow us!
Connect us!
Watch us!

रेसिस्टेन्स नजिकै नेप्से : रेसिस्टेन्स ब्रेक भए कति पुग्ला ?

बसन्त पाण्डे

मंगलबार, १८ माघ २०७८, १६ : ३४ मा प्रकाशित

रेसिस्टेन्स नजिकै नेप्से : रेसिस्टेन्स ब्रेक भए कति पुग्ला ?

साताको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २८९१.३४ को बिन्दुमा क्लोज भएको छ।  बजार बढ्दै गर्दा कारोबार रकम पनि हिजोको तुलनामा बढी देखिएको छ।  बजारमा बुलिश क्यान्डल बन्दै गर्दा ६ अर्ब ५७ करोड भन्दा धेरै रकमको कारोबार हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

बजार आज १९ अंक भन्दा धेरैले बढे तापनि २९८३ बाट बजार घट्दा देखि बनेको डाउन ट्रेन्ड लाइन ब्रेक हुन सकेको छैन।  हिजोको अङ्कमा हामीले यदि बजारले २९०० को ट्रेन्डलाइन रेसिस्टेन्सलाइ तोड्न सकेको खण्डमा बजारको यात्रा माथितिरकै हुन सक्ने बताएका थियौ भने बजार घट्ने क्रममा २८६० को बिन्दु पहिलो सपोर्टको एरिया हुने बताएका थियौं।  आज बजार घट्ने क्रममा नेप्से  २८५५ को बिन्दुसम्म बढ्न थालेको थियो।  सुरुवाती चरणमा कारोबार रकम निकै कम देखिन्थ्यो तर अन्तिम घण्टाहरुमा बजार निकै राम्रो कारोबार रकम सहित बढ्न थाल्यो।  

इन्डिकेटरहरुले के देखाईरहेका छन ? 

RSI
बजार २९८३ बाट खस्दै गर्दा RSI मा पनि डाउन ट्रेन्ड बनेको थियो।  आज RSI ले आफ्नो डाउन ट्रेन्डलाइन लाई ब्रेक गरेको छ।  जुन सकारात्मक कुरा हो।  आज RSI ६०.७५ को लेभलमा पुगेको छ।  आगामी दिनहरुमा RSI ६० भन्दा माथि माथि नै बस्छ भने त्यसले बजारको यात्रा माथितिरकै रहने सम्भावना बलियो बनेर जानेछ।  

MACD
नेप्से २९८३ को बिन्दुबाट तलतिर झर्दै २८५० को बिन्दुतिर आउंदै गर्दा MACD मा वियरिस क्रसओभर देखिएको थियो।  अहिले पनि त्यो क्रस ओभरको पोजिसनमा कुनै परिवर्तन भएको छैन तर MACD का डाउन साइड हिस्टोग्रामहरु छोटा छोटा हुँदै गएका छन।  यसले बजारमा बिक्रि चापको तुलनामा खरिद चाप बढ्दै गएको संकेत गर्दछ।  

बुलिंगर ब्याण्ड 
२९८३ को बिन्दुबाट बजार घटेर बजार २७६० सम्म झरेर बढ्दै गर्दा नेप्सेले बुलिंगर ब्याण्डको मिडल ब्याण्डलाई सपोर्ट लिंदै बढेको छ।  नेप्सेले मिडल ब्याण्डलाई सपोर्ट लिदै बढ्दै गर्दा नेप्से बढेर कम्तिमा पनि अपर ब्याण्डसम्म पुग्न सक्ने देखिन्छ जुन ३००० को बिन्दु हुन आउँछ।  

61f911745e830.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको