Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबाट करोडपति बन्ने कुरा गफैमात्र हो त ?

बसन्त पाण्डे

शुक्रबार, २१ असोज २०७९, ०९ : २० मा प्रकाशित

सेयरबाट करोडपति बन्ने कुरा गफैमात्र हो त ?

सन् २०१७ मा १०० रुपैयाँ अंकित मूल्यमा आइपिओ इस्यु गरेको नेशनल माइक्रोफाइनान्स कम्पनी लिमिटेडको सेयर दोश्रो बजारमा कारोबारमा आउने बित्तिकै सर्किटका सर्किट लागेर सन् २०१७ को अगस्ट महिनामा ३८७० रुपैंयासम्म पुगेको थियो। त्यसपछि यसको सेयरमूल्य घट्दै सन् २०१८ को मार्च महिनासम्ममा (फागुन २०७४)  १६०० को लेभलसम्म आईपुग्यो। आजको यो अंकमा हामीले यदि सो बेला १६०० रुपैयाँको हाराहारीमा नेशनल माइक्रोफाइनान्सको १०० कित्ता सेयर खरिद गरेको भए आजको मूल्यमा बेच्दा त्यतिबेला गरिएको एक लाख साठी हजार हाराहारीको लगानी कति पुग्दो रहेछ भनेर एउटा अध्ययन गरेका छौं।  

२०१८ को मार्चमा बजार वियरिस थियो। त्यतिबेला नेप्से परिसूचक १२०० को लेभलमा थियो। बजार १८०० माथि हुँदा प्रवेश गरेका लगानीकर्ताहरु डुबियो भनेर चिन्तामा थियो। जसरी अहिले बजार ३२०० को बिन्दुबाट २००० को बिन्दुमा खस्दा लागनिकर्ताहरुमा चरम निराशा छाएको थियो त्यसरी नै त्यो बेलामा पनि बजारमा चरम निराशा छाईरहेको थियो र सेयर बजारको लगानीलाई जुवा खेलेसरह हो भन्नेहरुको कमी थिएन। 

आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले २५ प्रतिशत बोनस र १५ प्रतिशत क्यास डिभिडेण्ड वितरण गर्यो। आर्थिक वर्ष ०७५/७६ मा कम्पनीले ७५% बोनस सेयर र ५% नगद डिभिडेण्ड वितरण गर्यो। आर्थिक वर्ष ०७६/७७ मा २१% बोनस र ६% क्यास अनि आर्थिक वर्ष ०७७/७८ मा ४०% बोनस र ५% नगद डिभिडेण्ड बाँड्यो।  

२०७४ को फाल्गुनमा १६०० को आसपासमा किनिएको १००० कित्ता सेयर माथि उल्लेखित आर्थिक वर्षहरुको बोनसपछि आजको दिनमा ३६८० कित्ता पुग्दो रहेछ। नेशनल माइक्रोको अन्तिम कारोबार भएको मूल्य १८४९ लाई आधार मानी हिसाब गर्दा ३६८० कित्ता सेयर बेच्दा रु ६८ लाख हुँदो रहेछ। 

कम्पनीले बाँडेको क्यास डिभिडेण्डले सेयर खरिद /बिक्रि गर्दा लाग्ने ब्रोकर कमिसन लगाएतका अन्य शुल्कहरु कभर गर्छ। 

४ वर्षको अवधिमा १६ लाख लगानी गर्ने लगानीकर्ताको सम्पत्ति ६८ लाख पुगेको छ। त्यतिबेला १ लाख ६० हजार लगानी गर्नेले आजको मूल्यमा बेच्दा ५ लाख २० हजार नाफा कमाउँदो रहेछ। यो भनेको करिब ३२५ प्रतिशत ग्रोथ हो।  

यदि कुनै लगानीकर्ताले ३६८० कित्ता सेयर नेशनल माइक्रोफाइनान्सको बजारमूल्य २७५० भन्दा माथि हुँदै गर्दा बेचेको भए १ करोड भन्दा बढी रकम हात पर्ने रहेछ। 

प्राय: नेपाली लगानीकर्ताहरुले सेयरलाई सम्पत्तिको रुपमा स्वीकारेको पाइँदैन। सुन, जग्गा जस्ता कुराहरुलाई मात्रै सम्पत्तिको रुपमा लिने गरिन्छ। तर यदि ग्रोथ रेट राम्रा भएका कम्पनीहरुमा लगानी गर्ने हो भने दिर्घकालिन लगानीले निकै राम्रो कमाएको देखिन्छ। अहिले पनि १० महिनादेखि बजार डाउन ट्रेन्डमा छ। नेप्से परिसूचक ३२०० को लेभलबाट २००० को लेभलमा खासिसक्दा राम्रो ग्रोथ रेट भएका कम्पनीहरुको मूल्य निकै सस्तो भैसकेको छ। यो बेलामा राम्रो व्यवस्थापन भएका र तुलनात्मक रुपमा कम पुँजी भएका २५ भन्दा तल पीई भएका माइक्रोफाइनान्स कम्पनीहरु खरिद गर्नेले दिर्घकालमा निकै राम्रो प्रतिफल पाउन सक्ने सम्भावना उच्च देखिएको छ। 

(कम्पनी विश्लेषणमा हामी भविष्यमा उच्च प्रतिफल दिनसक्ने सम्भावना भएका कम्पनीहरुको विस्तृत विश्लेषण पस्किँदै जानेछौं।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको