Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा करेक्सन सकिएको संकेत, अबको टार्गेट कति ?

बसन्त पाण्डे

सोमबार, ०७ चैत्र २०७८, १५ : ५८ मा प्रकाशित

नेप्सेमा करेक्सन सकिएको संकेत, अबको टार्गेट कति ?

साताको कारोबारको दोश्रो दिन सोमबार आज बजारमा हरियाली छाएको छ।  नेप्से परिसूचक १८.०७ अङ्कले बढेर २६३४.६६ को बिन्दुमा क्लोज भएको छ।  २४९८ को बिन्दुबाट बढ्न थालेको बजार बढेर २६८० को लेभलसम्म पुगेको थियो।  २६८० बाट घट्दै २६०२ को बिन्दुसम्म आइपुगेर बजार बढ्न थालेको हो।  

प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा:

आज बजार सुरुवाती घण्टाहरुमा रातो भएको थियो। हिजो २६१६ को बिन्दुमा क्लोज भएको बजार आज २६०२ को बिन्दुसम्म झर्यो। २ बजेपछि बजारमा राम्रो खरिद चाप देखियो र अन्त्यमा बजार बढेर बन्द भयो। नेपाल टेलिकमको सेयर मूल्य करिब ३% ले घट्दा पनि १८ अंकको हाराहारीमा नेप्से परिसूचक बढ्नुले बजारमा खरिदकर्ताहरु हावी भएको स्पष्ट पारेको छ। हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढ्नुलाई प्राविधिक विश्लेषणमा निकै सकारात्मक रुपमा लिईन्छ।  

नेप्से २४९८ बाट बढ्दै २६८० को बिन्दुसम्म पुग्यो। यसअघि बजारको उच्चतम बिन्दु २९८३ र घटेर सबैभन्दा तल झरेको बिन्दु २४९८ लाई आधार मानी विश्वप्रसिद्ध फ़िबोनासी रिट्रेश्मेण्ट टुल लगाएर हेर्दा ३८.२% को लेभल २६८० को बिन्दुमा पर्न आउँछ।  २४९८ बाट बजार बढ्दै २६८० को बिन्दुसम्म पुगेर त्यहाँबाट झर्न सुरु गरेको थियो। एउटा निश्चित बिन्दुमा बटम लागेर बढ्ने क्रममा ०.३८२ को लेभलमा रेसिस्टेन्स फेस गरेर घट्नुलाई स्वभाविक मानिन्छ। त्यसपछि ०.२३६ को लेभलतिर बजार खसेर त्यहाँबाट बजार बढ्न थाल्यो भने बजारले ०.६१८ को लेभल लाई टेस्ट गर्न जाने सम्भावना उच्च रहन्छ। आज बजार ०.२३६ को हाराहारीबाट बढ्न थालेको छ र अबको टार्गेट ०.६१८ को लेभल हुनेछ जुन २८०० को बिन्दुतिर पर्दछ।  त्यस्तै पिभोटको पहिलो रेसिस्टेन्स २८२० को एरियामा छ।  यी सबै कुरा हेर्दा बजारको यात्रा २८०० सम्मको हुन सक्ने देखिएको छ।  

लगानीकर्ताले ध्यान दिनुपर्ने एरिया कुन कुन ?

अब बजार बढ्दै गर्दा २८०० को एरियातिर सप्लाई आउन सक्छ।  त्यसैले लगानीकर्ताहरु २८०० को एरियातिर सावधान हुनुपर्ने देखिन्छ। यदि बजार बढेन बरु तलतिर लाग्न थाल्यो र बजार क्लोजिंग बेसीसमा २६०० भन्दा तल जान थाल्यो भने बजार अझ तल खस्न सक्छ, त्यो अवस्थामा स्टप लस गर्नु बुद्धिमानी हुनसक्छ।   

6238507229d58.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको