Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तले १ लाखभन्दा बढी कित्ता सेयर लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य कति ?

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, ०८ : ३७ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तले १ लाखभन्दा बढी कित्ता सेयर लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य कति ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाखभन्दा बढी कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । संस्थाले १ लाख ५ हजार ५९२ कित्ता सेयर जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बिक्री खुल्ला गर्ने भएको हो । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० तोकिएको छ । त्यसैले उक्त सेयरमा बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न सक्नेछन्। 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ । 

उक्त सेयर खरीद गर्न चाहने लगानीहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् ।

60a32d2672acb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको