Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्तले डाक्यो वार्षिक सभा, मर्जर सम्बन्धि प्रस्ताव पारित हुँदै

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, ०९ : १६ मा प्रकाशित

नेपाल सेवा लघुवित्तले डाक्यो वार्षिक सभा, मर्जर सम्बन्धि प्रस्ताव पारित हुँदै

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ २४ गते बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुनेछ ।

सभाले यस लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्ने, सभाले एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित गरी तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

60a3364cc0427.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको