Like us!
Follow us!
Connect us!
Watch us!

बजार ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीमा लगानीकर्ता आकर्षित

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, १६ : ०४ मा प्रकाशित

बजार ऐतिहासिक रेकर्ड बन्दा यी कम्पनीमा लगानीकर्ता आकर्षित

आज (मंगलबार) सेयर बजारले नयाँ रेकर्ड राखेको छ । आज नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६४ अंकले बढेर ४९७.२२ बिन्दुमा पुगेको छ ।

आज कूल २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२  रुपैयाँको कारोबार भएको छ ।  ११ अर्बभन्दा माथिको कारोबार गरी बजारले नयाँ रेकर्ड राखेको हो ।

बजारले ११ अर्ब भन्दा माथिको कारोबार गरी नयाँ रेकर्ड बनाउँदा आज पनि नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । प्रायजसो सर्वाधिक कारोबरको अग्रस्थानमा रहने कम्पनीले आज मंगलबार पनि सर्वाधिक कारोबार गरेको हो । कम्पनीले ६७ करोड ९२ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ६९३ कायम भएको छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ करोड ५६ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको अन्तिम कारोबारमूल्य एक हजार २६० कायम भएको छ ।

अरुण कावेली पावर लिमिटेड पनि सर्वाधिक कारोबार गर्ने कम्पनीको तेस्रो स्थानमा पर्न सफल भएको छ । कम्पनीको अन्तिम सेयरमूल्य ३९३ कायम भएको छ भने ३१ करोड ४३ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यता, आइएमई जनरल इन्स्योरेन्सले पनि ३० करोड ८४ लाख ४६ हजार रुपैयाँ भन्दा धेरै कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ३७० कायम भएको छ ।

नागरिक लगानी कोषले २७ करोड ६६ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ करोड ६१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको अन्तिम कारोबार मूल्य क्रमशः ४ हजार २३९ रुपैयाँ र १९८ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावर कम्पनीले २० करोड ८१ लाख ८५ हजार रुपैयाँको कारोबार गरेको छ भने बुटवल पावर कम्पनीले १९ करोड ६३ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । 

त्यसैगरी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १८ करोड ९६ हजार ६८ रुपैयाँ बराबरको कारोबार गरेको छ ।  युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले पनि १८ करोड ८२ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार गरी सर्वाधिक कारोबार गरेको शीर्ष १० स्थानमा पर्न सफल भएको छ  ।

60a396e7953f7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको