Like us!
Follow us!
Connect us!
Watch us!

झन्डै १२ अर्बको कारोबार हुँदा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, १६ : ०९ मा प्रकाशित

झन्डै १२ अर्बको कारोबार हुँदा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

आज (बुधबार) सेयर बजारमा करेक्सन आएको छ । बजारमा करेक्सन आउँदा कारोबार रकमले भने नयाँ रेकर्ड राखेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ बिन्दुमा पुगेको छ । नेप्से ०.४७ प्रतिशतले घटेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.०८ अंकले घटेर ४९६.१४ बिन्दुमा पुगेको छ । 

आज कूल २१४ कम्पनीको २ करोड ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११  रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै धेरै हो । 

सर्वाधिक कारोबार गर्ने कम्पनीको अग्र स्थानमा आज पनि नेपाल पुनर्बीमा कम्पनी नै रहेको छ । कम्पनीले ५५ करोड ६९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । बुधबार कम्पनीको अन्तिम कारोबार मूल्य एक हजार ६५६ कायम भएको छ ।

त्यसैगरी, क्रमश: नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ४५ करोड ३४ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार २८० रुपैयाँ कायम भएको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीको तेस्रो स्थानमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीले ३० करोड ६० लाख ४० हजर रुपैयाँ बरारको कारोबार गरेको छ । कम्पनीका अन्तिम कारोबार मूल्य २ सय ५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, राधि जलविद्युत कम्पनीले आज २९ करोड ७३ लाख ९० हजार रुपैयाँको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य ९ सय २० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज मात्रै लाभांश घोषणा गरेको सगरमाथा इन्स्योरेन्स कम्पनीले पनि सर्वाधिक कारोबार गरेको छ । कम्पनीले २२ करोड ३५ लाख ७८ हजार रुपैयाँ भन्दा धेरैको कारोबार गरेको छ ।  कम्पनीको अन्तिम कारोबारमूल्य एक हजार ५ रुपैयाँ कायम भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यता, सेन्चुरी कमर्शियल बैंक लिमिटेडले १९ करोड २७ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार गर्दा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले १८ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । दुवै कम्पनीको अन्तिम कारोबार मूल्य क्रमशः २ सय ६० रुपैयाँ र ५ सय ५२ कायम भएको छ ।  

त्यसैगरी, अरुण कावेली पावर लिमिटेडले १८ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको अरोबर गरेको छ भने सिभिल बैंक लिमिटेडले १८ करोड ३३ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । दुवै कम्पनीको अन्तिम कारोबार मूल्य क्रमशः ३ सय ८० रुपयाँ र २ सय ५२ रुपैयाँ रहेको छ ।
हालसालै सबैभन्दा ठुलो आईपीओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ  । कम्पनीको सेयरमूल्य ५३८ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको