Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, ०८ : ५० मा प्रकाशित

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार २ सय ५ रुपैयाँ निर्धारण भएको छ । 

कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय ३५ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।यहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीले जेठ २८ गते बस्ने वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभाले लाभांश प्रस्ताव पारित गर्दैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज शुक्रबार (जेठ १४ गते) नै बुक क्लोज गरेको छ । तसर्थ, बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको