Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकको ८ वर्षको लाभांश इतिहास : १० गुणाले बढ्यो लगानी

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, ११ : ४३ मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकको ८ वर्षको लाभांश इतिहास : १० गुणाले बढ्यो लगानी

नेपाल राष्ट्र बैंकबाट "क" वर्गको इजाजतपत्र प्राप्त नेपाल बङ्गलादेश बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक वाणिज्य बैंक हो । यस बैंकको स्थापना २०५१ भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ३ सय ८४ रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ३२ लाख रुपैयाँ रहेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७६ पैसा रहेकाे छ । बैंककाे चुक्ता पुँजी ९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब ७८ करोड ३९ लाख २४ हजार रुपैयाँ रहेकाे छ । 

नेपाल बंगलादेश बैंकको नाफा ६३.०२ प्रतिशतले बढ्यो, ईपीएस कति ?

बैंककाे ८ वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा ८ वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा ३३.६८ प्रतिशत लाभांश (३२ प्रतिशत बाेनस र १.६८ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७६/७७ मा ८.४२ प्रतिशत लाभांश (६ प्रतिशत बाेनस र २.४२ प्रतिशत नगद) वितरण गरेकाे थियाे । 

ग्लोबल आईएमई बैंकः लाभांशमा अब्बल, सेयर मूल्य सस्तो

बैंककाे सेयरमा ८ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले वितरण गरेकाे बाेनसबाट अहिले बढेर ९५ हजार ६ सय रूपैयाँ भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ नेपाल बङ्गलादेश बैंक लिमिटेड​​को ८ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ७.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र १२ प्रतिशत नगद गरि कूल २२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३२ प्रतिशत बाेनस र १.६८ प्रतिशत नगद गरि कूल ३३.६८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ३.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत नगद वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन । 

७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ७ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६ प्रतिशत बाेनस र २.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

याे पनि :

वित्तीय विवरण कसरी अध्ययन गर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको