राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ ।
कम्पनीकाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्नाे सेयरधनीहरूलाई ३६.५ प्रतिशत बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेकाे हाे ।
कम्पनीले १:१.४७५२ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।
कम्पनीले याे प्रस्ताव आगामी १५औँ वार्षिक साधारण सभामा पेश गर्नेछ । हाल कम्पनीकाे चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रूपैयाँ रहेकाे छ । हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्नेछ ।
हालै मात्र अर्थात् जेठ ३ गते कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश प्रस्ताव गरेको थियाे । हालको चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस