Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको उकालो यात्रामा ब्रेक, कारोबार रकममा समेत गिरावट

अर्थ संसार

सोमबार, १७ जेठ २०७८, १५ : १३ मा प्रकाशित

सेयर बजारको उकालो यात्रामा ब्रेक, कारोबार रकममा समेत गिरावट

आज (सोमबार) सेयर बजारमा करेक्सन देखिएको छ । आईतबार ऐतिहासिक रेकर्ड राखेको बजारमा आज भारी अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.६८ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक १.६०  प्रतिशतले घटेको हो ।  सोमबार नेप्से परिसूचक २८२७.९३ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । यस्तै सेन्सेटिभ पनि परिसूचक ६.५८ अंकले घटेर ५००.४७ बिन्दुमा पुगेको छ ।

सोमबार कूल २१८ कम्पनीको २ करोड ९४ लाख ४६ हजार ३४२ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ३३ करोड २७ लाख ६७ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । आईतबार बजारले १७ अर्ब २ करोड ८४ लाख  ३२ हजार २४४ रुपैयाँ को कारोबार गरी ऐतिहासिक रेकर्ड राखेको थियो । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर घटेको छ भने बाँकी एउटा उपसमूहकाे मात्र सेयर बढेको छ । आज म्युचुअल फण्ड समूहको मात्र सेयर बढेको हो  ।

आज हाइड्रोपावर समूहको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूहको सेयरमूल्य ४.३१ प्रतिशतले घटेको हो । त्यसैगरी, क्रमश: व्यापार, निर्जीवन बीमा, अन्य समूह, उत्पादन, जीवन बीमा, विकास बैंक, बैंकिङ, इन्भेष्टमेन्ट, फाइनान्स, माइक्रोफाइनान्स र होटल एण्ड पर्यटन समूहको सेयरमूल्यमा पनि गिरावट आएको छ । आज म्युचुअल फण्ड समूहको सेयरमूल्यमा भने झिनो वृद्धि भएको छ ।

यता, राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएको छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । सर्वाधिक कारोबार गर्ने कम्पनीको अग्र स्थानमा पनि राधी नै रहेको छ  । कम्पनीले हिजोमात्र हकप्रद जारी गर्ने सूचना प्रकाशन गरेको थियो । उक्त सूचना पश्चात कम्पनीको सेयरमूल्य र कारोबार दुवैमा उछाल देखिएको छ ।

कम्पनीकाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्नाे सेयरधनीहरूलाई ३६.५ प्रतिशत बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेकाे हाे । कम्पनीले १:१.४७५२ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, सर्वाधिक नाफा कमाउने अन्य कम्पनीहरुमा सेन्ट्रल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, १०% नबिल डिबेन्चर २०८२, गोर्खाज फाइनान्स, सोल्टी होटल, ज्योति विकास बैंक, ग्लोबल आईएमई सम्मुनत स्किम-१ र १२% आइसीएफ फाइनान्स लिमिटेड डिबेन्चर २०८३ रहेका छन् ।

यता, बरुण हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, छ्याङ्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, कालिका पावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, बुटवल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

त्यसैगरी, साेमबार राधी विद्युत कम्पनी लिमिटेडले ९१ कराेड ८ लाख एक सय ९२ रूपैयाँ बराबरकाे काराेबार गरी सर्वाधिक कारोबारको अग्रस्थान ओगटेको छ ।

साेमबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : राधी विद्युत कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, ज्याेति विकास बैंक लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, अरूण काबेली पावर कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर र अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको