Like us!
Follow us!
Connect us!
Watch us!

१४ कम्पनीको साधारण सभा हुँदै, कुनको के-के एजेन्डा ?

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १० : ५४ मा प्रकाशित

१४ कम्पनीको साधारण सभा हुँदै, कुनको के-के एजेन्डा ?

विभिन्न १४ वटा कम्पनीले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, ८ वटा कम्पनीले विशेष साधारण सभा र ६ वटा कम्पनीले वार्षिक साधारण सभा गर्न लागेका हुन् ।

साधारण सभा हुन लागेका कम्पनीहरू यस प्रकारका छन् :

१. सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा जेठ २३ गते, आइतबार कम्पनीकाे प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् सुरू हुनेछ । सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

२. नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा जेठ २३ गते, आइतबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नागार्जुन-१, काठमाडाैँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्बन्धमा समझदारी भइसकेकाले उक्त कार्यको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहित नाफा-नोसान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

३. नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाकाे छैठौं वार्षिक साधारण सभा जेठ २४ गते साेमबार बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुनेछ । सभाले यस लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्ने,तथा एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित गरी तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

४. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा जेठ २५ गते, मंगलबार संस्थाको केन्द्रिय कार्यालय धादिङमा  भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभाले नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले १००:६८ सेयर स्वाप रेसियो अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ । सभाले प्राप्तिपश्चात संस्थाको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने हुँदा सोहीअनुसार संस्थाको प्रबन्धपत्र संशोधन गरिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

५. महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा जेठ २५ गते, मंगलबार संस्थाकाे केन्द्रीय कार्यालय, मकवानपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सभाको विशेष प्रस्तावमा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने एजेन्डा रहेकाे छ । सभामा  संस्थाले विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते बुक क्लोज गरेको छ । त्यसैले, जेठ १६ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

६. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे सातौँ विशेष साधारण सभा जेठ २७ गते बिहान ९ बजे बैंकको केन्द्रिय कार्यालयमा वेबिनारमार्फत बिहान ९ बजे सुरु हुनेछ । सभामा प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (स्वाप रेसियो) कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । जस अनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता सेयर पाउनेछन् । त्यसैगरी, प्राप्तिपश्चात सिटिजन्स बैंकको पूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

७. सिर्जना फाइनान्स कम्पनी लिमिटेड 

सिर्जना फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा पनि जेठ २७ गते बिहान ९ बजे फाइनान्सकाे केन्द्रिय कार्यालयमा हुँदैछ । सभामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरिनेछ । सभामा प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (स्वाप रेसियो) कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । जस अनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता सेयर पाउनेछन् ।

८. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सत्ताइसौं वार्षिक साधारण सभा जेठ २८ गते शुक्रबार, कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १३ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

९. लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साेर्हाैँ वार्षिक साधारण सभा जेठ २८ गते शुक्रबार, भर्चुअल माध्याममार्फत् अपरान्न ४ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल  १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा९नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।.कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१०. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ। सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ। जसमा ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्। 

११. नेपाल फाइनान्स कम्पनी लिमिटेड 

नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा जेठ २८ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट  बिहान ११ बजे सुरु हुनेछ । सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १:१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ । सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । 

१२. ललितपुर फाइनान्स कम्पनी लिमिटेड

ललितपुर फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा जेठ २८ गते कम्पनीको केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १:१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ । सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । 

१३. नबिल बैंक लिमिटेड

नबिल बैंक लिमिटेडकाे विशेष साधारण सभा असार ५ गते हुँदैछ । सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ। प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

१४. युनाइटेड फाइनान्स कम्पनी लिमिटेड  

युनाइटेड फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा पनि असार ५ गते हुँदैछ । सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ। प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको