Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको अनलाइन खाता खाेल्ने च्यालेन्ज : विभिन्न उपहार जित्ने मौका

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १७ : १७ मा प्रकाशित

एनआईसी एशियाको अनलाइन खाता खाेल्ने च्यालेन्ज : विभिन्न उपहार जित्ने मौका

एनआईसी एशिया बैंकले कोरोना भाइरसकोे महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न  प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा Online Account Opening Challenge प्रतियोगिता सार्वजनिक गरेको छ ।

जेष्ठ २३ गतेदेखि आषाढ १९ गतेसम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरूमध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुवमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार रूपैयाँ नगद जित्ने मौका रहेको छ । 

‘Account Opening Challange’ का लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ ।

यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने हुन्छ :

क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।

ख. Account Progression मा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि Submitted सम्म देखिने गरी Screenshot लिने ।
ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने ।

घ. सहभागीले उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने ।

ङ. यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गर्ने ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई-दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक-एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहक महानुभावलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको छ ।

‘Video Challenge’ का लागि भने युटुवमा भिडियोहरू अपलोड गर्नुहुने Youtuber हरू यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौति’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने हुन्छ । सहभागीले आफुसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युटुवमा यस बैंकको आधिकारिक युटुब च्यानललाई ट्याग गरी #GharBataiOnlineKhata एवं #NICASIABANK उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरू मध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको