विभिन्न २ वटा कम्पनीको विशेष साधारण सभा आज (जेठ २५ गते, मंगलबार) हुँदैछ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा हुन लागेको हो ।
सभामा नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । सभाले १००ः६८ सेयर स्वाप रेसियो अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा संस्थाको केन्द्रीय कार्यालय, मकवानपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
दुवै संस्थाले विशेष साधारण सभा गर्ने प्रयोजनका लागि जेठ १७ गते एक दिनका लागि बुक क्लोज गरेका थिए । त्यसैले, जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस