Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डकाे कार्यक्रम समय परिवर्तन

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १० : ४३ मा प्रकाशित

धितोपत्र बोर्डकाे कार्यक्रम समय परिवर्तन

नेपाल धितोपत्र बोर्डकाे २९औं वार्षिकोत्सवकाे अवसरमा गर्न लागिएकाे कार्यक्रमकाे समय परिवर्तन भएकाे छ । यसअघि १० : ३० देखि सुरू गर्ने भनिएकाेमा विशेष कारणवश अब ११ : ३० बजेदेखि मात्र सञ्चालन हुने बाेर्डले एक सूचना मार्फत् जनाएकाे छ ।

नेपाल धितोपत्र बोर्ड मंगलबार २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । बोर्डले वार्षिकोत्सवकाे अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा विभिन्न  कार्यक्रम गरी मनाउन लागेको हो ।

कार्यक्रममा बोर्डको पूर्व अध्यक्षहरु,नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, क्रेडिट रेटिंग संस्थाहरु,मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएसन, लगानीकर्ता संघसंस्था लगायतको सहभागिता रहने बोर्डले बताएको छ ।

60befa8951794.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको