नेपाल धितोपत्रबोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अब बजारमा स्टक ब्रोकर संख्या थप गर्ने कुरा बोर्डको प्राथमिकतामा रहेको बताएका छन् । आज मंगलबार नेपाल धितोपत्र बोर्डको २९ औँ बार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बोर्डका आगामी दिनहरुका प्राथमिकताका बिषयहरु प्रस्तुत गर्दै उनले ब्रोकर संख्या थप गर्ने बिषयपनि बोर्डको उच्च प्राथमिकतामा रहेको बताएका हुन् ।
ढुंगानाले नेपालको पूँजीबजारले अहिले मासिक रुपमा करिब १ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरिरहेको भन्दै उनले बिगतका बर्षहरुमा बार्षिक रुपमा १ अर्ब पुँजीगत लाभकर उठ्दै आएकोमा अहिले पुँजीबजारको बिकाससंगै महिनामै एक अर्ब रुपैयाँ पुँजीगत लाभकर उठिरहेको बताएका हुन् ।
त्सैगरी नेपालको नयाँ स्टक एक्सचेन्ज कम्पनी स्थापनाका बिषयमा पनि बोर्डले अध्ययन गरेको र यस बिषयमा बोर्डमा आवश्यक छलफल गरि निर्णय गरिने बताएकाछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस