Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीमा बैंक लिंक गर्दा बोनस पाइने

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १८ : ४८ मा प्रकाशित

खल्तीमा बैंक लिंक गर्दा बोनस पाइने

खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा एक सय रूपैयाँ बोनस रकम पाउने अफर ल्याएको छ। जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवा महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो। 

खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा एक सय रूपैयाँ प्राप्त गर्न सक्नेछन् । बैंक लिंक घरमै बसी सुरक्षित तवरले आफैले गर्न सकिन्छ। यसका साथै उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी केहि सेकेण्ड भित्रै गर्न सकिने भएको छ । बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी झन्झटरहित तरिकाले गर्न यो सेवाको लाभ लिन सकिन्छ।

खल्तीसँग बैंक लिंक गरेपश्चात ग्राहकहरु घरिघरि लोड गर्न पर्ने झन्झटबाट मुक्त हुने र भुक्तानीको साथै आफ्नो बैंकबाट तुरुन्तै अर्को बैंकमा केहि सेकेन्ड मै रकम ट्रान्सफर गर्न सक्ने खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक, शिरिष श्रेष्ठले बताएका छन् ।

आफ्नो बैंक अकाउन्ट खल्ती सँग लिंक ३ सरल स्टेप्समा गर्न सकिन्छ । यसका लागि खल्ती को होम स्क्रिनमा देखाइएको “लिंक बैंक नाउ” मा गई आफ्नो बैंक सेलेक्ट गर्नपर्ने हुन्छ। त्यसपश्चात आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिचेपछि रजिस्टर गरिएको मोबाइल मा ओटिपी पासवोर्ड पाइन्छ। उक्त पासवर्ड राखिसकेपछि आफ्नो खल्ती खातासँग बैंक लिंक सफलतापूर्वक गर्न सकिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको