Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तले ५१ हजार ३ सय कित्ता एफपीओ निष्कासन गर्ने

अर्थ संसार

बुधबार, २६ जेठ २०७८, १२ : ५४ मा प्रकाशित

मिर्मिरे लघुवित्तले ५१ हजार ३ सय कित्ता एफपीओ निष्कासन गर्ने

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएकाे छ । 

संस्थाले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्न लागेकाे हाे । संस्थाले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्कासन गर्ने भनेकाे थियाे ।

संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।

संस्थाकाे चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा सम्पन्न भएकाे दशाैँ वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्न लागेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c06da364eef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको